सामसुङको ग्यालेक्सी वाच सार्वजनिक

फरक धार

२६ साउन २०७५, शनिबार

साउथ कोरियन कम्पनी सामसुङले न्युयोर्कको अन्प्याक्ट २०१८ इभेन्टमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । जसलाई ‘ग्यालेक्सी वाच’ भनिनेछ । पछिल्लो घडीको तुलनामा यसमा नयाँ फिचर्स पनि रहेको छ । यसमा एलटिई कनेक्टिभिटी दिइएको छ । अर्थात्, यसलाई फोर जी वाच भन्न सकिन्छ ।

यस स्मार्ट वाचको डिस्प्लेमा एमोलेड प्यानल लगाइएको छ । जसबाट यसलाई गोरिल्ला डिएक्सबाट सुरक्षित गर्न सकिन्छ । यो घडीलाई लगाएर पौडी खेल्न पनि सकिन्छ । किनकि यो पानीबाट सुरक्षित छ ।

यस स्मार्ट वाचमा स्वास्थ्यसँग जोडिएका विशेषता पनि छन् । जस्तै, हार्ट रेट मोनिटरिङ । यो घडीले फिटनेस ट्रयाकरअनुसार पनि काम गर्न सक्छ । यसमा व्यक्तिका विभिन्न क्रियाकलापसँग सम्बन्धित स्ट्यान्डर्ड फिचर पनि राखिएको छ ।

डिजाइनमा धेरै परिवर्तन गरिएको छैन । सामसुङले ग्यालेक्सी वाचमा यसपटक टाइजन ओएस नदिएर गुगलको वाच ओएस वेर ओएस दिएको छ ।

ग्यालेक्सी वाचलाई दुई वेरिएट्समा लन्च गरिएको छ, २२ एमएम र ४६ एमएम । कम्पनीले यसमा दिएको एलटिई कनेक्टिभिटीलाई हाइलाइट गरेको छ । १५ देशका ३० टेलिकम कम्पनीको नेटवर्कमा यसले सपोर्ट गर्छ ।

यसमा १.२ इन्च सुपर एमोलेड डिस्प्ले दिइएको छ । यसको तौल ४९ ग्राम रहेको छ ।

१.५ जिबी र्याम्प र ४ जिबी मेमोरी भएको यस घडीकोे मूल्य ३ सय २९ डलर रहेको छ । अमेरिकामा यसको बिक्री २४ अगस्टदेखि सुरु हुनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार