नोबेल पुरस्कार विजेता एवं चर्चित लेखक भिएस नैपालकाे निधन

फरक धार

२७ साउन २०७५, आइतबार

३० भन्दा बढी पुस्तक लेखेका उनलाई सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो भने त्यसअघि सन् १९७१ मा 'बुकर प्राइज' दिइएको थियो ।

'अ बेण्ड ईन द रिभर' र 'अ हाउस फर मिस्टर विश्वास' उनका चर्चित कृति हुन् । 'अ हाउस फर मिस्टर विश्वास' लेख्न उनलाई तीन वर्षभन्दा बढी समय लागेको थियो ।

काठमाडौं– नोबेल पुरस्कार विजेता एवं चर्चित उपन्यासकार भिएस नैपालको निधन भएको छ । सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका नैपालको ८५ वर्षको उमेरमा लन्डनस्थित आफ्नै घरमा निधन भएको हो ।

ट्रिनिडाडकाे ग्रामीण क्षेत्रमा बाल्यकाल बिताएका नैपालले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए । उनको पूरा नाम ‘सर  विद्याधर सुरजप्रसाद भिदिया नैपाल’ हो ।

३० भन्दा बढी पुस्तक लेखेका उनलाई सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो भने त्यसअघि सन् १९७१ मा ‘बुकर प्राइज’ दिइएको थियो । नोबेल पुरस्कार ग्रहण गरेपछि उनले आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए । साहित्यको माध्यमबाट बितेको इतिहासका बारेमा रहेको भ्रामक बुझाइलाई स्पष्ट पारेकाे भन्दै नोबेल कमिटिले साे पुरस्कार दिएकाे हाे ।

‘अ बेन्ड इन द रिभर’ र ‘अ हाउस फर मिस्टर विश्वास’ उनका चर्चित कृति हुन् । ‘अ हाउस फर मिस्टर विश्वास’ लेख्न उनलाई तीन वर्षभन्दा बढी समय लागेको थियो । नैपालको निधनपछि उनकी श्रीमतीले भनिन्, ‘उहाँले रचनात्मकता र उद्यमले भरिएको जिन्दगी बाँच्नुभयो । अन्तिम समयमा पनि उहाँलाई माया गर्ने र उहाँले माया गर्ने सबै व्यक्ति साथमा थिए ।’

नैपालले सन् १९५० मा एउटा सरकारी छात्रावृत्तिसमेत जितेका थिए । उनलाई आफूले रोजेको युनिभर्सिटीमा पढ्न पाउने अवसर थियो र उनी अक्सफोर्डमा भर्ना भए । त्यसो त विद्यार्थी जीवनमा उनी डिप्रेसनको सिकार भएका थिए र उनले आत्महत्या प्रयास पनि गरेका थिए । उनको पहिलो पुस्तक ‘द मिस्टिक मेसर’ सन् १९५१ मा प्रकाशित भएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार