संसदीय दलमा देउवा र सिंहको उम्मेदवारी

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । आइतबार दिउँसो सांसदको सपथ लिइसकेपछि दुई नेताले साँझ उम्मेदवारी दिएका हुन् ।

सभापति देउवाको उम्मेदवारीमा विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर बिक समर्थक रहेका छन् । पूर्वमहामन्त्री सिंहलाई चाहिँ कोषाध्यक्ष सीतादेवी यादवको प्रस्ताव र सञ्जयकुमार गौतमको समर्थन मिलेको छ ।

नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क राख्दै आएका रामचन्द्र पौडेललगायतले सिंहलाई सघाउने अनुमान छ । संसदीय दलको चुनाव सोमबार हुनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार