आजको मौसमः मध्य, पूर्व र पश्चिमका केही क्षेत्रमा भारी वर्षा !

फरक धार

२७ साउन २०७५, आइतबार

काठमाडौं- काठमाडौं सहित देशभरको मौसम आईतबार बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो र राती देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुनेछ ।
मध्य र पूर्वका एक दुई स्थान र पश्चिमका केही स्थानमा दिउँसो र राती भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

देशैभर मौसम बद्ली हुने, पानी पर्ने र खुल्नेक्रम चलिनै रहनेछ । बाँकी स्थानमा भने हल्कादेखि मध्यमखालको पानी पर्ने अनुमान छ । काठमाडौंमा अहिले बद्ली भएपनि दिउँसोपख भने केहीबेर मौसम खुल्नेछ । बेलुकीपख भने पानी पर्ने अनुमान गरिएको महाशाखाको भनाई छ ।

काठमाडौंमा बिहान २२.८ डिग्री सेल्सियस मापन गरिएको तापक्रम दिउँसो बढेर २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ । काठमाडौंमा बिहान ५ः३३ बजे झुल्किएको घाम बेलुकी ६ः४५ बजे अस्ताउनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार