आज अन्तर्राष्ट्रिय युवा दिवस

फरक धार

२७ साउन २०७५, आइतबार

काठमाडौं– आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय युवा परिषद्ले आज काठमाडौंमा प्रभातफेरी, युवा सम्मान, युवाका विविध विषयमा अन्तरकृया तथा सांस्कृतिक कार्यक्रम गर्दैछ ।

भृकुटीमण्डपबाट र्याली निकालिएको छ भने राष्ट्रियसभागृहमा विषेश समारोह शुरु हुने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले जानकारी दिए । समारोहमा विभिन्न क्षेत्रमा योगदान गरेका १० जना युवालाई जनही १ लाख रुपैयाँको राशीसहित सम्मान गरिने उपाध्यक्ष ढुंगेलले बताए ।

आजै युवाका विविध विषयमा राजनैतिक दलका युवा नेता तथा संघसंस्थामा आवद्ध युवाहरुबिच अन्तरकृया र बेलुकी सांस्कृतीक कार्यक्रम हुनेछ । यस वर्ष अन्तर्राट्रिय युवा दिवसको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ तय गरिएको छ ।
संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार सन् २००० देखि यो दिवस मनाउन थालेको हो । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

नेपालमा कूल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड १४ लाख ४४ हजार ४ सय युवा रहेका छन् । तीमध्ये झण्डै ४० लाख युवा वैदेशिक रोजगारमा छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार