सूर्यको अध्ययनका लागि नासाले विशेष यान पठाउँदै

फरक धार

२७ साउन २०७५, आइतबार

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले शनिबार सूर्यको सबभन्दा नजिक पठाउने भनेको यान प्रक्षेपण समय सरेको छ । सूर्यबारेको अध्ययनका लागि पठाउने भनिएको यान अाइतबार प्रक्षेपण गर्ने नासाले जनाएको छ

प्राविधिक समस्याका कारण यो यानको प्रक्षेपण दोस्रो पटक सरेको हो । नासाका अनुसार फ्लोरिडाको क्यानाभेरल एयर फोर्स स्टेशनबाट नेपाली समय अनुसार आइतबार दिउँसो करिब सवा ३ बजे यान प्रक्षेपण गरिनेछ ।

नासाले पठाउन लागेको यानले सूर्यको एकदमै नजिक वायुमण्डलीय क्षेत्र वा कोरोनाको परिक्रमा गर्नेछ । यो दुरी अहिलेसम्म सूर्यमा पठाईएको यानभन्दाको भन्दा सात गुणा नजिकको दुरी हो । पृथ्वी र सूर्यको दुरी १ सय ५० मिलियन किलोमीटर छ ।

यो यान सूर्यदेखि ६ दशमलब १३ मिलियन किलोमीटर दुरीमा पूग्नेछ । यानको गति निकै तिव्र हुनेछ ।  नासाले पठाउन लागेको यान ७ लाख किलोमीटर प्रतिघण्टाको गतिमा सूर्यतर्फ जानेछ ।अबको सात वर्षभित्र यो यान सूर्यको बाहिरी क्षेत्रमा पुग्नेछ । यसले सूर्यको आन्तरिक कार्यप्रणालीको विवरण संकलन गर्नेछ । स्पेसक्राफ्टका माध्यमले कोरोनाले तस्वीर खिचेर सतहको मापन गरिनेछ ।

सौर्य कोरोनाले कसरी पृथ्वीको सतहमा प्रभाव पार्छ भन्ने पत्ता लगाउन विगत ८ वर्षअघिदेखि नासाले यस मिसनमा काम गर्दै आएको थियो ।

अत्याधिक तापमानका कारण अहिलेसम्म कुनै पनि यान सूर्यको यति धेरै नजिक पुग्न सकेका छैनन् । तर नासाले थर्मल प्रोटेक्सन सिस्टम तयार गरेकाले सुर्यको अत्याधिक तापमानले समेत यानलाई कुनै असर नगर्ने बैज्ञानिकहरुले दाबी गरेका छन् । १००० डिग्री सेल्सियस भन्दामाथिको तापक्रम यसले सहन सक्छ ।

यो मिसनले पृथ्वीको वातावरणमा हुने बदलावका विषयमा भविष्यवाणी गर्न सहयोग नासाको अपेक्षा छ । पार्करले सोलार विण्डका बारेमा विशेष अध्ययन गर्ने नासाले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार