सन्दीपको महत्वपूर्ण विकेटले प्याट्रिओट्सकाे पहिलो जित

फरक धार

२७ साउन २०७५, आइतबार

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।

आइतबार भएको दोस्रो खेलमा सन्दीपले ३ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन खर्चेर १ विकेट हात परेका हुन् ।

क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलिरहेका लामिछानेले ट्रिनबागो नाइट्स राइडर्सविरुद्ध उक्त विकेट लिएका हुन् ।

चौथो ओभरमा वलिङ गर्न आएका सन्दीपले चौथो बलमा ट्रिनबागोका ओपनर क्रिस ल्यानलाई बोल्ड गरेका थिए । उनले आफ्नो पहिलो ओभरमा कुनै पनि रन भने दिएनन् ।

टस हारेर ब्याटिङको निम्तो आएको प्याट्रिओट्सले निर्धारित २० ओभरमा २०३ रनको योगफल तयार पारेको थियो । २ सय ४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन मात्रै बनाउन सक्यो । यो प्याट्रिओट्सको यो पहिलो जित हो ।

यसअघिको पहिलो खेलमा सन्दीपले ४ ओभर वलिङ गर्दै १२ रन मात्र खर्चेर २ विकेट लिएका थिए । अमेजन वारियर्सविरुद्धको उक्त खेलमा भने प्याट्रिओट्स ६ विकेटले पराजित भएको थियो । आइपिएलसँगै क्यारेबियन लिग खेल्ने पहिलो खेलाडी बनेका सन्दीपले आफ्नो चामत्कारिक बलिङ जारी राखेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार