प्रतिनिधिसभा: राणाको निधनमा शोकप्रस्ताव

फरक धार

२७ साउन २०७५, आइतबार

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोकप्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उनको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो । उनी २०१५ सालको पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी नेपालको प्रथम संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत थिए ।

नेपाली कांग्रेसका  पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार