कतारमा ‘रमाइलो साँझ’ हुने, निलम ढुङ्गानाको प्रस्तुति

फरक धार

२७ साउन २०७५, आइतबार

काठमाडौं- शारिरीक अपागंता भएका बालबालिकाहरुको सहयोगार्थ कतारमा सांगेतिक कार्यक्रम हुने भएको छ । दोहाको डल्ला ड्राइभिङ हलमा अगष्ट २४ मा ‘रमाइलो साँझ–२०७५’ हुन लागेको हो ।

एउटा खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको समेत प्रस्तुति उक्त कार्यक्रममा हुने आयोजक उत्सव कार्कीले जानकारी दिए । एउटै खुट्टाले नृत्य गरेर प्रशंसा कमाएकी निलमले पहिलो पटक कतारमा आफ्नो प्रस्तुति दिन लागेकी हुन् ।

नीलमबाहेक युवामाझ लोकप्रिय गायक कमल खत्रीको प्रस्तुति पनि कार्यक्रममा रहनेछ । यस्तै लोक दोहोरी गायक प्रकाश कटुवाल, गायीका साना महर्जन, स्मृति गौतम र डान्सर रिया श्रेष्ठको पनि प्रस्तुती रहने आयोजक कार्कीले बताए ।

कार्यक्रमको सन्चालन भिजे बिवेक खतिवडाले गर्नेछन् । कार्यक्रमबाट उठेको रकम अपांगता भएका बालबालिकाहरुको पठनपाठनमा खर्च गरिने भन्दै कार्कीले सहभागी भइदिन कतारमा रहेका नेपालीहरुलाइ अपील गरेका छन् । कतारको समयअनुसार कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने उनले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार