नेपाल जिम्बावेसँग ११६ रनले पराजित

फरक धार

२० फागुन २०७४, आइतबार

आईसीसी विश्वकप छनोट चरणको पहिलो खेलमा आइतबार नेपाल घरेलु टोली जिम्बावेसँग ११६ रनले पराजित भएको छ । स्थानीय बुलावायोमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको जिम्बावेले ६ विकेटको क्षतिमा ३८० को विशाल स्कोर खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले ८ विकेट गुमाउँदै २६४ रन जोडेको थियो ।

जिम्बावेको जितका लागि सिकन्दर राजाको योगदान महत्वपूर्ण रह्यो । उनले ६६ बलमा १२३ रन जोडेका थिए । त्यस्तै उनले ३ विकेट पनि लिए । जिम्बावेकै लागि बे्रन्डन टेलरले पनि १०० रन हाने । जिम्बावेले सुरुको ७ ओभरमै ७७ रन बटुलिसकेको थियो ।

नेपालका लागि सर्वाधिक ५२ रन शरद भेषावकरले बनाए । त्यस्तै आरिफ शेख ५० रन बनाउन सफल भएका थिए । ओपनर ब्याट्सम्यान दिलिप नाथ १४ बलमा २ रनमात्र जोडेर आउट हुन पुगे । राम्रै खेलिरहेका पारस खड्काले पनि ४० रनभन्दा बढी स्कोर गर्न सकेनन् ।

नेपालले अर्को छनोट खेल स्कटल्यान्डसँग बिहीबार खेल्नेछ । नेपाल रहेको समूह बीकै अर्को खेलमा स्कटल्यान्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार