जिपले ठक्कर दिँदा शिशुको मृत्यु

फरक धार

२७ साउन २०७५, आइतबार

पाल्पा – तानसेनको बडिज्ञानटोमा जिपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निशान बस्यालको मृत्यु भएको छ । हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग१च ६७४८ नंको जिपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिपको ठक्करबाट घाइते भएका अन्य पाँचजनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिए । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार