कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

फरक धार

२१ फागुन २०७४, सोमबार

काठमाडौं/ नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार