सनी लियोनी बनिन् जुम्ल्याहाकी आमा

फरक धार

२१ फागुन २०७४, सोमबार

कुनै समय पोर्न फिल्ममा आफ्नो वर्चश्व कायम गरेकी सनी लियोनी अहिले बलिउडमा ‘धुम’ मच्चाइरहेकी छिन् । अहिले उनी सामाजिक सन्जालमा निकै चर्चामा छिन् । किनकि उनी सराेगेसी प्रविधि अपनार्इ जुम्ल्याहा बच्चाकी आमा भएकी छिन् ।

यसअघि सनीले एक बालिकालाई ‘एडप्ट’ गरेकी थिइन् । यसपटक उनले सामाजिक सन्जालमा सेयर गरेको फोटोमा एक वर्षअघि एडप्ट गरिएकी ती बच्चाका साथमा सनीसँग उनका श्रीमान् र दुई नयाँ बच्चा छन् ।

यो तस्विरको क्याप्सनमा सनीले लेखेकी छिन्, ‘यो ईश्वरको कृपा हो । २१ जुन, २०१७ त्यो दिन थियो जतिबेला मलाई र मेरा पतिलाई अन्दाज भएको थियो– केही समयमा हाम्रा तीन बच्चा हुनेछन् ।’

‘हामीले योजना बनायौँ र परिवारलाई बढाउन निर्णय ग¥यौँ, र यतिका वर्षपछि अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौरसँगै हाम्रो परिवार आखिरमा पुरा भएको छ ।’

उनले लेखेकी छिन्, ‘हाम्रा यी बच्चा केही दिनअघि जन्मिएका हुन् तर उनीहरु हाम्रो आँखामा केही वर्षदेखि नै थिए । हामी तीन सुन्दर बच्चाका आमा–बुवा हौँ, हामीलाई यसमा गर्व छ । यो सबैका लागि सरप्राइज हो ।’

सनी लियोनीका पतिले पनि यो तस्वीर सेयर गरेका छन् । लगत्तै सामाजिक सन्जालमा प्रश्न उठे, ‘के यी बच्चालाई सनीले नै जन्म दिएकी हुन् ?’

यसको जवाफ पनि सनीले नै दिएकी छिन्, ‘कुनै भ्रम नपाल्नुस्, अशर र नोहा हाम्रा बायोलोजिकल बच्चा हुन् । हामीले केही पहिले नै सरोगेसीको विकल्प सोचेका थियौँ र यो पूरा भएको छ । म अत्यन्त खुसी छु ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार