सेसल्सको काँधमा भारतीय बन्दुक, निशाना चीन

फरक धार

१४ साउन २०७५, सोमबार

भारत र चीन एकअर्कासँग प्रतिस्पर्धा गर्न सामुद्रिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने होडबाजीमा लागेका छन्

हाम्रा दुई छिमेकी भारत र चीन अहिले निकै चर्चामा छन् । यी दुई छिमेकीले सधैं एकअर्कालाई संदेहका साथ हेर्छन् । अहिले विश्वकै धेरै जनसंख्या भएका यी दुई देश विश्वकै दुई ठूला अर्थव्यवस्था पनि हुन् ।

तर, वर्षौदेखि यी दुई देश एकअर्कासँग सीमा विवादमा मुछिएका छन् । द्विपक्षीय सम्बन्धमा यी दुई ठूला देशलाई सिमा विवादमा सबैभन्दा ठूलो बाधा बनेको छ ।

तर, सन् २०१४ मा मोदीले भारतीय प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यी दुई देशबीचको सीमा विवाद उत्कर्षमा पुगेका छैनन् । यसो हुनुमा यी दुई देशबीच बढेको कुटनीतिक तथा आर्थिक सम्बन्ध महत्त्वपूर्ण छ ।

हिन्द महासागरमा तनाव
केही वर्षयता भारत र चीनबीच अर्को एउटा रणनीतिक क्षेत्रलाई लिएर तनाव बढेको छ । त्यो हो– हिन्द महासागर ।

क्यानडाका म्याकगिल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर टिवी पल भन्छन्, ‘चीन पारम्परिक रुपमा दक्षिण चीन सागरसहित प्रशान्त महासागलाई आफ्नो ब्याकयाडैका रुपमा हेर्छ जबकि भारत दक्षिण एशिया तथा हिन्द महासागरलाई आफ्नो खास इलाका मान्छ ।’

भारत–चीन सम्बन्धबारे जानकारको राय छ, ‘जसरी दुई देशको शक्ति बढिरहेको छ, आआफ्नो क्षेत्रमा दबदबाबारे उनीहरुको बुझाइ पनि बदलिइरहेको छ ।’

पल भन्छन्, ‘अब यस्तो स्थिति आएको छ जसमा चीन हिन्द महासागरमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेको छ, भारत हिन्द महासागरमा आफ्नो पकड अझ बलियो बनाउनुका साथै प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गर्न खोजिरहेको छ । भारत अमेरिका तथा अन्य देशहरुसँग आफ्नो सम्बन्ध बलियो बनाउन खोजिरहेको छ र त्यो क्षेत्रमा आफ्नो सेनाको उपस्थिति बढाउन लागिरहेको छ ।’

भारतको चिन्ता
तर, भारतका लागि हिन्द महासागर अत्यन्त महत्वपूर्ण छ । हिन्द महासागरमा उसले ७५०० किलोमिटर लामो सीमा कायम गरिरहेको छ ।
भारतीय मन्त्रालयहरुका अनुसार उसको ९५ प्रपतशत व्यापार हिन्द महासागरको बाटोबाटै हुने गरेको छ ।

तर, पछिल्ला वर्षमा चीनले हिन्द महासागरमा चासो बढाउन थालेपछि भारतको चिन्ता बढ्दै गएको छ ।

सन् २०१३ मा चीनले आफ्नो सिल्क रोड प्रोजेक्ट घोषणा गरेको थियो । यसको कारण चीनले पाकिस्तानबाट आफ्नो दूरी समुद्री बाटोबाट कम गर्न खोजेको हो ।

प्रोफेसर पल भन्छन्, ‘यसबाट चीनलाई मध्यपूर्वका देशसम्म सिधा पहुँच बनाउन सजिलो हुन्छ । पहिले यी देशको झुकाव भारतप्रति अलिक बढी थियो । अफ्रिका, दक्षिण एशिया तथा मध्य एशियामा चीनको प्रभाव बढ्ने छ ।’

 

चीनको चाहना
तीन वर्षपछि चीनले विदेशमा आफ्नो पहिलो सैनिक अड्डा बाब अल–मनदाब जलडमरुमध्यमा जिबूतीमा स्थापना गरेको छ ।

मरीन ट्राफिक जसले सामुद्रिक क्षेत्रमा सेनाको उपस्थितिबारे विश्लेषण गरिरहेको हुन्छ, उसका अनुसार चीनले आफ्नो सेना राखेको यो क्षेत्र हिन्द महासागरबाट हुने व्यापारको एक प्रमुख बाटो हो ।

त्यसको केही महिनापछि श्रीलंकाले चीनलाई हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई लिजमा दिने घोषणा गरिदियो । यो पनि हिन्द महासागरबाट हुने व्यापारका लागि एउटा प्रमुख बाटो हो ।

रमाइलो के भने श्रीलंकाले पहिले यो बन्दरगाह भारतलाई दिने प्रस्ताव गरेको थियो । तर, भारतले यो बन्दरगाह सन् २००४ को सुनामीले ध्वस्त भएको र पुनर्निर्माण गरेर काम गर्दा व्यावहारिक नहुने घोषणा गर्दै यसलाई अस्वीकार गरेको थियो ।

तर, चीनले यही अवसरलाई यो क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने सुवर्ण अवसरका रुपमा लियो ।

भारतको प्रतिक्रिया
प्रोफेसर टिवी पल भन्छन्, ‘यही चिनियाँ नयाँ रणनीतिका कारण भारत अहिले निकै चिन्तित छ । भारतसँग चीनको जस्तो संसाधन छैन । र, सबैभन्दा चिन्ताको विषय के हो भने यो सब आर्थिक नियन्त्रणका लागि मात्र पनि गरिएको छैन ।’

यो स्थितिमा भारतको प्रतिक्रिया दुवै क्षेत्रमा देखिन थालेको छ । ‘एउटा भारत प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बढाउनका लागि कोशिष गरिरहेको छ भने अर्कोतिर हिन्द महासागरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन लागिरहेको छ ।’

वासिङ्टनस्थित सेन्टर फर फरेन अफेयर्सका अनुसार भारतले गत दशकमा अमेरिकाबाट १५ अर्ब डलरभन्दा धेरैको हतियार किनेको छ । यसमा एयरक्राफ्ट, समुद्रमा निगरानीका सामान, मेसिन तथा जहाजमा हमला गर्ने मिसाइल र हेलिकोप्टर सामेल छन् ।

सेसल्समा भारतको उपस्थिति
प्रोफेसर पल भन्छन् कि यो सिलसिलामा भारतले आफ्नो समुद्री दायरालाई बढाउन खोजिरहेको छ । यसमा दुवै व्यापारिक जहाज तथा सैनिक जहाज दुवै परेका छन् । अमेरिका, जापान तथा अष्ट्रेलियाबाहेक भारत यस क्षेत्रमा चीनको बढ्दै गरेको प्रभाव रोक्न साथीहरुको खोजी गरिरहेको छ ।

र, यही समयमा भारतले सेशल्समा आफ्नो सैनिक अड्डा स्थापना गरेको छ । र, सेसल्समा भारतीय उपस्थितिको अर्थ निकै महत्वपूर्ण हुन्छ ।

पलका अनुसार अहिलेसम्म सेसल्ससँग भएको यो सम्झौताबारे भारतमा निकै थोरैमात्र जानकारी आएको छ ।

सेसल्स न्युज एजेन्सीको रिपोर्टअनुसार भारत र सेसल्सबीच भएको सन्धीले हिन्द महासागरमा सुरक्षा बढाउनका लागि दुवै देशलाई रणनीतिक सहयोगको एक हिस्सा भएको छ । दुवै देश सागर (सेक्युरिटी एन्ड ग्रोथ फर अल इन द रिजन) का हिस्सा हुन् ।

सेसल्समाथि भारतको प्रभावलाई आकलन गर्न सन् २०१६ मा भारतले सेसल्समा बढाएको निगरानीले पनि प्रष्ट पार्छ । सन् २०१४ मा भारतीय नौसेनाले सेसल्सको समुद्री क्षेत्रमा निगरानी गर्थे भने सन् २०१६ मा भारतले यो क्षेत्रमा निगरानी गर्न रडार निगरानी सिस्टम लगाएको थियो ।

तर, सेसल्समा भारतीय सेना रहनु त्यहाँको स्थिरताविरुद्ध भएको मानिएको छ ।

त्यसो त, भारत तथा सेसल्सबीचको सन्धी अहिलेसम्म सार्वजनिक गरिएको छैन तर के कुरामा विश्वस्त हुन सकिन्छ भने सेसल्समा आफ्नो सेना राख्न भारतले अनुमति पाइसकेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार