मौसमी रुघाखोकीबाट बच्ने उपाय

मौसम परिवर्तनसँगै मानिसमा रुघाखाकी देखापर्दछ । यस रोगबाट प्रायजसो सबै नै संक्रमणमा परेका छन् । रुघाखोकी विश्वमा सबैभन्दा बढी संकम्रण हुने मध्ये  रोग पनि हो । विशेष गरी बर्षायाम तथा जाडो मौसमको सुरुवातमा रुघाखोकी देखिन्छ ।

वर्षमा प्राय जसो एक–दुई पटक सबै मानिसलाई रुघाखोकी लागिरहको हुन्छ । तर यसलाई हामी सामान्य सम्झेर वास्ता गर्दैनौं । तर, बालबालिकालाई रुघाखोकी लागेको बेला वास्ता नगर्दा यसले थप निमोनियाको समस्या उत्पन्न गर्ने गर्दछ । त्यसले यस रोगबाट समयमै सर्तक हुन आवश्यक पर्दछ । 

रुघाखोकीका लक्षणहरु 

१. रुघाखोकी लाग्नु

२. घाँटी दुख्नु 

३. भोक नलाग्नु



४. शरीर शिथिल महशुस गर्नु 

५. ज्वरो आउनु 



६. टाउको दुख्नु 

७. वाकवाकी लाग्नु 

८. श्वास फेर्नलाई गाहो हुनु 

यसको संक्रमणबाट बच्ने उपायहरु 

१. संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।

२. मुखमा मास्क लगाउनुपर्छ ।

३. भीडभाड हुने ठाउँमा सकेसम्म जानुहुँदैन ।

४. बारम्बार साबुन पानीले हात धुनुपर्दछ, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्छ ।  

५. संक्रमित व्यक्तिको कपडा तथा अन्य सामान प्रयोग गर्नहुँदैन ।

६. चिसो, धुलो, धुँवाबाट बच्नुपर्छ । 

७. प्रशस्त मात्रामा तातो सुप खाने, तातो बाफ लिने, तातो पानी पिउने गर्नुपर्छ । 

८. मुख,नाक र आँखामा अनावश्यक रुपमा हात लैजानु हुँदैन ।

९. ज्वरो रुवाखोकी लागेको विरामीलाई घरेलु उपचारले ठिक नभए तुरुन्तै अस्पताल लाने गर्नुपर्छ । 

१०. रुवाखोकी लागेका विरामीले हावा आहोर दोहोर हुने कोठामा आराम गर्नुपर्छ ।  

  • प्रकाशित मिति : असोज ५, २०७५ शुक्रबार ८:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया