पटक–पटक हात धुने गर्नुभएको छ ? बिरामी हुनुहोला

अधिकांश मानिस खाना खानुअघि वा खाना खाइसकेपछि वा शौचालय गएपछि राम्ररी हात धुन्छन् । धेरैले हात धुने सल्लाह पनि दिन्छन् । हुन सक्छ तपाईंले पनि साना बच्चालाई यो सल्लाह दिनुभएको छ । 

युएसको डिजिज कन्ट्रोल एन्ड प्रिवेन्सन सेन्टरका अनुसार स्वस्थ रहनका लागि हात धुनु निकै जरुरी छ । तर तपाईंलाई अचम्म लाग्न सक्छ, बारम्बार हात धुने बानीले पनि तपाईंलाई बिरामी बनाउन सक्छ । 

स्वास्थ्य विज्ञका अनुसार हाम्रो शरीरमा दुई किसिमको ब्याक्टेरिया रहेको हुन्छ । एकको हाम्रो शरीरलाई नोक्सान गर्छ भने अर्कोले हाम्रो शरीरलाई रोग लाग्नबाट जोगाउन सहयोग गर्छ । हात धुनाले रोग सार्ने किटाणु त पखालिन्छन् तर बारम्बार हात धुनाले फाइदाजनक किटाणु पनि नष्ट हुन सक्छन् । 

हात धुनु स्वस्थ रहनका लागि आवश्यक छ । तर बारम्बार हात धुनु फाइदाजनक नहुन पनि सक्छ । ज्यादा हात धुनाले छालामा भएको चिल्लो पदार्थ निस्कन्छ र छाला सुक्खा हुन्छ । छाला सुक्खा हुँदा यहाँ कुनै फाइदाजनक कीटाणु रहन सक्दैन । हेल्दी ब्याक्टेरियाले हामीलाई धेरै किसिमको रोगबाट सुरक्षित राख्न सहयोग गर्छ । 

विज्ञका अनुसार हातमा बारम्बार हेन्ड सेनिटाइजरको प्रयोग पनि स्वास्थ्यका लागि नराम्रो असर गर्छ । विज्ञ भन्छन् जो मानिस आवश्यकताभन्दा धेरै हात धुन्छन् वा सेनिटाइजर प्रयोग गर्छन्, उनीहरु चाँडै बिरामी हुन्छन् । 

तर, यसको मतलब हात नै नधुने भन्ने होइन । स्वस्थ रहनका लागि हात सफा हुनु निकै आवश्यक छ । यसका लागि कुन समयमा हात सफा राख्नुपर्छ भन्ने कुरा जान्नु निकै महङ्खवपूर्ण हुन्छ । साथै, खाना खानुपहिलो हात सफा हुनु निकै आवश्यक हुन्छ ।
 





  • प्रकाशित मिति : असोज ८, २०७५ साेमबार १०:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया