३० कम्पनीबाट अस्वीकृत ज्याक मा, १९ वर्षमा बनाए एसियाको सबैभन्दा ठुलो कम्पनी

एजेन्सी– केही समय अगाडी अलिबाबाका सस्थापक ज्याक माले अलिबाबाबाट विदा भएर चीनको शिक्षा क्षेत्रमा काम गर्ने बताएका थिए । गत सेप्टेम्बर १० मा उनले ५५ औं जन्मदिनको उपलक्ष्यमा उनले राजिनामा दिने बताएका थिए । ज्याक माले राजीनामा दिएपछि अलिबाबा गु्रपको नयाँ नेतृत्वमा डेनियल झोन्ग नियुक्त भएका छन् । 

उनले सन् १९९९ सम्म पढाउने काम गर्थे । उनले पछिल्लो समयमा कम्पनीको सिइओ भन्दा स्कुलको शिक्षक बन्दा रमाइलो लाग्ने बताएका थिए । 
 
७ जना साथीहरु मिलेर सुरु गरेको अलिबाबा कम्पनीमा अहिले ६६ हजार भन्दा धेरै कर्मचारी रहेका छन् । 

उनले सन् १९८८ मा गे्रजुएशन गरेपछि ३० ठाउँमा कामको लागि आवेदन दिएका थिए । तर उनले कुनै पनि कम्पनीमा स्थान पाएनन् । आफुले ग्रेजुएशन गरेको ११ वर्षपछि उनले अलिबाबा कम्पनी स्थापना गरे । जुन अहिलेको एसियाको सबैभन्दा ठुलो कम्पनी भएको छ । अहिले एसको सम्पती ४२० अर्ब डलर रहेको छ । 

एक दिन केएफसीमा उनीसँगै २४ जनाले कामको लागि आवेदन दिएका थिए । २४ जनामा अन्य सबै कामको लागि छनौट भएका तर ज्याक भएनन् । अहिले पनि केएफसीको एम ब्रान्डसको सम्पती २८ अर्ब डलर मात्रै छ । 

हार्वर्डले पनि १० पटक अस्वीकार

उनलाई जागिरको लागि मात्रै होइन विभिन्न कलेजबाट पनि रिजेक्ट गरिएको थियो । उच्च शिक्षाको अध्ययन सकेपनि उनी कलेजमा भर्ना हुनको लागि आवेदन दिए । तर, उनी प्रवेश परिक्षामा दुई पटक सम्म फेल भए । तेस्रो पटक उनी हेन्गझु टिचर्स इन्स्टिच्युटमा भर्ना भए । 



सन् २०१६ मा वल्र्ड इकोनोमिक्स फोरममा उनी आफैले भनेका थिए हार्वड युनिभर्सिटीले उनलाई १० पटक रिजेक्ट गरेको थियो ।
 
ज्याक माले सन् १९९५ मा ट्रन्सलेशनको काम सुरु गरे । त्यही दैरान उनलाई अमेरिका जानुपर्ने भयो । त्यतिबेला नै उनले पहिलो पटक इन्टरनेटको बारेमा जानकारी पाएका थिए । त्यसपछि उनले चीनमा इन्टरनेट कम्पनी बनाउने निर्णय लिए । 

उनी चीन फर्किनासाथ चाइना पेजेज सुरु गरे जसमा चिनियाँ कम्पनीको जानकारी थियो । तर, यो सफल भने भएन ।



उनको दाईले हरेक दिन १६ घन्टा काम गर्थे । उनलाई लाग्थ्यो कि उनी व्यस्त छन् । अमेरिकामा सन् २०१७ मा भएको गेटवे समिटमा उनले भनेका थिए, ‘जब म अटोवायोग्राफि लेख्नेछु, त्यसमा आफ्नो जिन्दगीको बारेमा भन्दा पनि अलिबाबा स्थापना गर्दा गरेका १ हजार १ गल्तिको बारेमा भने उल्लेख गर्ने छु ।’

क्लासमा उनका साथीहरुसँग अक्सर उनको झगडा भइरहेको हुन्थ्यो । उनी सानो छँदा निकै दुब्लो पातलो थिए । तर, पनि उनी आफुभन्दा ठुलो मानिसहरुसँग पनि झगडा गर्न डराउँदैनथे । ज्याक मा को नाम पहिला युन थियो । उनी आफ्नो शहर हेन्गझु आउने विदेशी पाहुनालाई गाइड बनेर घुमाउँथे । त्यसको बदलामा उनले इङलिस सिक्थे । एक पर्यटकसँग उनको अचम्मको दोस्ती भयो । ती पर्यटकले नै उनको नाम ज्याक राख्दिए । 
 

  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार ८:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया