नेपाललाई करातेमा रजत

काठमाडौँ– ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक जितेको छ । 

ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै सो समूह फाइनमा पुगेको हो । 

प्रशिक्षकको भूमिकामा समेत रहनुभएका शाक्यका अनुसार सोनामले ६० किलोमुनि तौल समूहमा कास्य पदकसमेत जितेका छन् । सोनामले स्कटल्याण्डका खेलाडीलाई पराजित गरेका थिए । 
 





  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार १०:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया