कहिले हुन्छ किम ट्रम्पको दोस्रो भेट ?

एजेन्सी– गत जुनमा उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटपछि विश्व नै चकित परेको थियो । केही अगाडिसम्म उनीहरुको भेटको विषयमा कल्पना पनि गर्न सकिने अवस्था थिएन । किनकि यी दुई देश बीच न्युक्लियर आक्रमण गर्ने धम्कि चलिरहेको थियो । तर, उक्त भेट पछि भने विश्व भरिनै शान्तिको सन्देश फैलिएको थियो । 

त्यसपछि विकसित भएका घटनाक्रम हेर्दा वार्ता त्यतिमा नै सिमित नहुने संकेत मिलेको छ । किनकि निकट भविष्यमा नै ट्रम्प र किमको बीचमा दोस्रो शिखर वार्ता हुने चर्चा व्यापक भएको छ । ट्रम्पले बेलाबेलामा आफु किमसँग भेट्नको लागि निकै आतुर रहेको बताइरहेका हुन्छन् । उता किम पनि आफू ट्रम्पलाई भेट्न निकै उत्सुक भएको बताइरहेका छन् । 

उत्तर कोरियाको भ्रमण सकेर अमेरिका पुगेका मुन जिया–इनसँगको भेटमा ट्रम्पले दुई देशको अर्काे शिखर वार्ताको विषयमा निकै धेरै प्रगति भएको बताएका थिए । उनले असाधारण रुपमा अहिले अमेरिका र उत्तर कोरियाको सम्बन्ध धेरै राम्रो हुँदै गएको भन्दै खुशी व्यक्त गरे । 

युएन हेडक्वाटरमा ट्रम्पले भने, ‘अब चाडै फेरि किमसँग अर्काे भेट हुनेछ । यसको चाजोपाजो सेक्रेटरि अफ स्टेट माइक पोप्पेइले गरिरहेका छन् ।’
उनीहरुको भेटको चर्चा चलेपनि यो भेट कहिले र कहाँ हुने भन्ने विषयमा भने निर्णय भइसकेको छैन । यसअघिको पहिलो भेटमा पनि मिती र स्थान भेट हुनु भन्दा केही दिन अघि मात्रै तय भएको थियो ।

केही दिन अगाडि मात्रै मुनले उत्तरकोरियाको उच्च स्तरिय भ्रमण गरेर फर्केका थिए । पछिल्लो एक दशकमा उत्तर कोरियाको राजधानी पुग्ने उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति थिए ।

यो भेटले किमसँग पहिलो पटक न्युक्लियर हतियार उत्पादन बन्द गर्ने विषयमा सहमति गर्न सकेको मुनले बताएका थिए । उनले किम ट्रम्पसँग भेट्नको लागि निकै उत्साहित रहेको पनि बताएका थिए ।



उक्त वार्ता पछि अमेरिका र उत्तर कोरियाको सम्बन्ध परिवर्तन गर्ने विषयमा सयुंक्त हस्ताक्षर भएकोे थियो । यस्तै न्युक्लियर हतियार बन्द गर्ने र कोरियन प्रायद्विपमा शान्ति स्थापना गर्ने विषयमा पनि सहमति भएको थियो । 

तर, त्यो सहमतिमा न्युक्िलयर हतियारको कहिले बन्द गरिसक्ने विषयमा प्रष्ट नभएको कतिपयले बताइरहेका छन् । त्यसैले गर्दा यो वार्तामा कुनै प्रष्ट धारणा नआएको आलोचना पनि भएको थियो । 



तर, ट्रम्पसँगको उक्त भेट पछि भने किमले र उत्तर कोरियाले आफ्नो पहिचान परिवर्तन गर्न निकै प्रयास गरेको देखिन्छ । उसले विवादास्पद आणविक हरियार परिक्षण केन्द पनि बन्द गरेको छ जुन दुई कोरिया बीचमा सबैभन्दा ठुलो चिन्ताको विषय थियो । किमले आफ्नो आणविक हतियार परिक्षण गर्ने साइट पनि बन्द गर्ने र अमेरिकाले पनि उचित कदम उठाएमा उत्तर कोरिया पनि न्युक्लियर हतियार परिक्षण साइट पनि बन्द गर्न तयार रहेको उत्तर कोरियाको भ्रमण पछि दक्षिण कोरियाली राष्ट्रपति मुनले बताएका थिए ।

  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार १४:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया