मेरो साथी नरेन्द्र मोदीलाई नमस्कार सुनाइदिनु : ट्रम्प

एजेन्सी– सोमबारबाट न्यूयोर्कमा संयुक्त राष्ट्र संघको ७३ औं महासभा सुरु भएको छ । यही अवसरमा लागूपदार्थको रोकथामका लागि आयोजना गरिएको बैठक सकिएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेट भयो । सोही भेटमा स्वराजले ट्रम्पलाई नरेन्द्र मोदीले पठाएको अभिभावदन ल्याएको बताएकी थिइन् । त्यसको जवाफ दिँदै ट्रम्पले ‘मेरो भारतसँग धेरै माया छ, मेरो साथी नरेन्द्र मोदीलाई मेरो नमस्कार सुनाईदिनु ।’

गत वर्ष जून महिनामा भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको भ्रमणका लागि गएका थिए । उक्त समयमा ट्रम्प र मोदीको भेट व्ह्वाइट हाउसमा भएको थियो । मोदीले व्हइट हाउसमा अमेरिकाले गरेको स्वागतलाई तारिफ गरेका थिए । उनले डोनाल्ड ट्रम्पलाई असल साथी भएको समेत बताएका थिए ।

नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पको अन्तिम भेट २०१७ को नोभेम्बरमा फिलिपिन्समा एसोसिएशन अफ साउथ इस्ट नेसन्स ( आसियान) को वार्षिक सम्मेलनको समयमा भएको थियो । 





  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार १४:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया