कहाँ र किन हराइरहेकाे छ हाम्राे निद्रा ?

किन मान्छे यतिविधि थाक्छ हाेला ? आजको समय भनेको योलोकाे हो । अर्थात् एकबार बाँच्ने मौका ।

जिन्दगीमा यतिधेरै काम छन् कि, मर्ने फुर्सद पनि छैन । सुत्नका लागि समय छैन । काम गर्नु छ । यात्रा गर्न छ । अनि आफ्नो ख्याल पनि राख्नु छ । विश्वमा मानिसको औसत निद्रा भनेको ६ देखि ७ घण्टा भइसकेको छ ।

अझ यसरी बुझौं, हामी हाम्रा जंगली जनावरको तुलनामा कम नै सुत्छौं । तर यसमा गहिरो निद्रा बढी हुन्छ । मानिसको भन्दा चिम्पान्जी र लंगुरको कम गहिरो निद्रा हुने गर्छ । आज विश्व यस्तो ब्यस्त भएको छ कि, निदाउनका लागि समय छैन । हामी कुनैपनि साथीलाई सोध्छौं, सन्चै हुनुहुन्छ ? जवाफ आउँछ, थाकेको छु ।

गतवर्ष क्यानाडामा निद्रा कम हुँदा हाम्रो शरीरमा पर्ने असरबारे ठूलो रिसर्च सुरु भएको थियो । यसको नतिजाले विश्व कम निद्राको संकटबाट गुज्रिरहेको बताएको थियो ।

हालसालै मात्र गरिएको एक रिचर्सका अनुसार निद्राको कमीले अमेरिकी अर्थव्यवस्थालाई प्रतिवर्ष ४ सय अरब डलरको नोक्सान हुँदै आइरहेको छ । आखिर यसभन्दा पहिलेको यात्रामा यस्तो के थियो, जो निद्रा विश्व संकट थिएन ? के पहिले पूरा निद्रा मिल्थ्यो त ?

कसरी लाग्छ मस्त निद्रा 



क्यानाडाको टोरन्टो युनिभर्सिटीमा असिस्टेण्ट प्रोफेसर डेविड सेमसन मानव विकासको जीव विज्ञान अध्यापन गराउँछन् । उनी अहिले प्राइमेट्स अर्थात् बाँदर र मानिसको विकासमा रिचर्स गरिरहेका छन् । रिसर्चमा बाँदर, लंगुर, चिम्पान्जी र मानिस पनि सेमसनको रिसर्चमा शामिल छन् ।

आफ्नो रिसर्च अवधिमा डेविड सेममन दूर–दराजका इलाकाहरूमा यात्रा गर्छन् । रुखमा चढ्छन् । ओरांगउटानको सुत्ने तौर–तरिका र समयको निगरानी गर्छन् । उनले सुतिरहेका ओरांगउटानको निगरानीमा करीब २ हजार घण्टा खर्च गरिसकेका छन् । उनले यी प्राइमेट्स अर्थात् मानवको जंगली साथीको भिडियो बनाउँछन् ताकि, मानव विकासमा निद्राको भूमिकालाई बुझ्न सकियोस् ।



दिनमा धेरै सक्रिय रहने मानिस जनावरको तुलनामा विकासको यात्रामा निरन्तर अगाडि बढिरह्यो । एक नश्लको आधारमा मानिस नम्बर १ बन्नुमा पनि निद्राको भूमिका अहम् छ ।

१० घण्टा निद्रा जरुरी 

डेविड सेममनका अनुसार प्राइमेट्स अर्थात् बाँदरका परिवारिक सदस्य, चिम्पान्जी र ओरांगउटान जस्ता जनावर ९ देखि १६ घण्टासम्म सुत्नमा बिताउँछन् । डेविडले प्राइमेट्सको सुत्ने तरिकालाई लिएर एक मोडल तयार गरेका छन् । जसको हिसाबले मानिसलाई कम्तिमा पनि १० घण्टाभन्दा बढी सुत्नुपर्ने हुन्छ । तर, हामी यसो भने गर्दैनौं ।

विश्वमा मानिसको औसत निद्रा भनेको ६ देखि ७ घण्टा भइसकेको छ । अझ यसरी बुझौं, हामी हाम्रा जंगली जनावरको तुलनामा कम नै सुत्छौं । तर यसमा गहिरो निद्रा बढी हुन्छ । मानिसको भन्दा चिम्पान्जी र लंगुरको कम गहिरो निद्रा हुने गर्छ ।

१८ लाख वर्ष पहिले परिवर्तन भएको थियो मान्छेको निद्रा 

डेविड सेममनका अनुसार हाम्रो र प्राइमेट्सको निद्रामा देखिएको यो भिन्नता आजभन्दा १८ लाख वर्ष पहिले भएको थियो । आदि मानवका पुर्खा वृक्षबाट झरेर जब भुइँमा बस्न थाले तब रुखबाट खस्ने डर उनीहरुलाई भएन । त्यसपछि अग्निको खोजी र झुपडी बनाउन सिकेपछि मानिसले आफ्नो निद्राका लागि उपयुक्त वातावरण बनाउन सक्षम भएको थियो । यसको परिणाम भनेको, मानिस कम समयमा पनि राम्रोसँग निदाउने भयो । 

मानव प्रगतिमा निद्राको भूमिका 

दिनमा धेरै सक्रिय रहने मानिस जनावरको तुलनामा विकासको यात्रामा निरन्तर अगाडि बढिरह्यो । एक नश्लको आधारमा मानिस नम्बर १ बन्नुमा पनि निद्राको भूमिका अहम् छ । यसकै कारण हाम्रा पुर्खा रातमा आराम सुतेर दिनमा धेरै काम गर्ने गर्थे । यसलाई अझ गहिरोसँग बुझ्न डेविडले तान्जेनियाका शिकारी आदिवासीबीच समय बिताए । त्यहाँबाट थाहा भयो कि, उनीहरु रातमा ६ देखि ७ घण्टासम्म सुत्छन् । दिनको समयमा शिकार गर्छन् ।

जब डेविडले तान्जेनियाका आदिवासीसँग निद्राबारे सोध्दा आफूहरु सन्तुष्ट रहेको बताएका थिए । तर, यही प्रश्न अफ्रिकास्थित मेडागस्करका किसानसँग सोध्दा उनीहरू निद्रादेखि असन्तुष्ट रहेको बताएका थिए । यहीँनेर डेविडले यो सब हुनुको कारण भनेको मानिस रातमा चाँडै सुतेर बिहान चाँडै उठ्न मन पराउने बताए । फेरि केही मानिस रातमा ढिला सुतेर बिहान पनि ढिलैगरी उठ्ने बानी भएको पनि थाहा लागेको थियो । तान्जेनियाका आदिवासी, जो जतिबेला सुत्ने मौका मिल्छ उतिबेलै सुतिदिन्थे भने मेडागस्करका किसानको सुत्ने र उठ्ने समयको तालीका थियो । यसैकारण उनीहरु आफ्नो निद्रादेखि असन्तुष्ट थिए ।

सुत्न नदिनु पनि सजाय थियो कुनैबेला 

अमेरिकाको भर्जिनिया टेक युनिभिर्सिटीमा इतिहासका प्रोफेसर इ. किर्चलाई इतिहासका किताबका पाना पल्टाउँदा पल्टाउँदै मान्छेको निद्राको इतिहास आश्चर्य लाग्यो । प्रोफेसर किर्च १७ औं शताब्दीमा बेलायका कैदीको अवस्थाबारे रिचर्स गरिरहेका थिए । यही रिचर्सको अवधिमा कैदीलाई जाग्ने पनि सजाय दिइन्थ्यो भन्ने कुरा थाहा भयो । 

संकटमा निद्रा 

क्यालिफोर्निया युनिभर्सिटीका प्रोफेसर मेथु वकर ‘स्लिप ल्याव’का निर्देशक हुन् । निद्राबारे उनी जति जान्दछन्, सायदै विश्वमा अरु कोही जान्लान् । प्रोफेसर वकरको भनाइमा सन् १९४० को दशकमा मानिस औसत ८ घण्टा सुत्ने गर्दथे । तर, आजको समयमा भने त्यही ६ देखि ७ घण्टासम्म मात्रै निदाउँछन् । यदि गणितीय हिसाबले हेर्ने हो भने ७० वर्षमा मानिसले लिने निद्रामा करीब २० प्रतिशतले कमी आएको देखिन्छ । निद्रा कम गराउनुमा चिया र कफिमा पाइने केमिकलको पनि भूमिका रहेको छ । 

कहाँ गइरहेको छ हाम्रो निद्रा ? 

प्रोफेसर वकर भन्छन् कि, हरेक चीजलाई मेशिन बनाएर हामीले स्वयंलाई प्रकृतिदेखि टाढा बनाएका छौं । पहिले–पहिले दिन ढल्दाबित्तिकै गर्मी कम हुन्थ्यो । सूर्य उदाउँदा गर्मी बढ्थ्यो । यसरी प्रकृतिको इशारामा हामी कहिले उठ्ने र कहिले सुत्ने भन्ने बोध गर्थ्याैं। तर, आज बनावटी चिसो र बन्द माहौलका कारण यो प्राकृतिक इशारा हाम्रो शरीरसँग मेल खाँदैन ।

  • प्रकाशित मिति : असोज ९, २०७५ मंगलबार २२:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया