तीन महिना देखि सडक अवरुद्ध

 जुम्ला– पैदल हिँड्न समेत नमिल्ने गरि पहिराेले बाटाे भत्काएपछि यहाँका सर्वसाधारणले तीन महिनादेखि सास्ती भाेग्दै अाएका छन् । सामान ढुवानी गर्न समेत समस्या भएकाे छ । अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ ठाउँमा पहिरोले सडक भत्काएको छ । 

सो सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । ‘सडक बनाउन कसैले चासो देखाएका छैनन्,’ पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भने । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् । 

‘दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,’ पातारासी–५ का मुनबहादुर बुढाले भने । वर्षात्को समय भएकाले लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाको भनाइ छ । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए। 





  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ७:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया