साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ– दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । 

यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन । 

नेपाल भने समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’मा आयोजक भूटानसहित, भारत र माल्दिभ्स छन् । नेपालले यही असोज १२ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफनो दोस्रो खेल १६ गते पाकिस्तानसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 





  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ८:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया