क्रोएसियाका लुका मोड्रिक फिफा वर्ष खेलाडी घोषित

एजेन्सी –क्रोएसियाका फुटबल खेलाडी फिफा वर्ष खेलाडी घोषित भएका छन् । २१ औं संस्करणको विश्वकप फुटबलमा क्रोएसियालाई पहिलो पटक फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका टोली कप्तान मोड्रिकलाई फिफाले उत्कृष्ट खेलाडीको अवार्ड दिएको हो । 

फुटबलको क्षेत्रमा लगभग एक दशक राज गरेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको पकडलाई तोड्दै मोड्रिकले उत्कृष्ट वर्ष खेलाडीको उपाधि प्राप्त गर्न सफल भए । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सालाहलाई पछि पार्दै स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर ३३ वर्षे मोड्रिकले अवार्ड जितेका हुन् । 

फिफामा आवद्ध भएका सदस्यहरुको मतको आधारमा यो अवार्ड प्रदान गरिन्छ । जसमा मोड्रिकले कुल मतको २९ प्रतिशत, रोनाल्डाले १९ प्रतिशत, मोहम्मद सलाहाले ११ र फ्रान्सका केलियन एमबाप्पे र मेस्सीले १० प्रतिशत भन्दा कम मत प्राप्त गरेका थिए । 

सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यो उपाधि जितेपछिका एक दशक मेस्सी र रोनाल्डो वर्चश्व जमाएका थिए । एक दशकमा रोनाल्डो र मेस्सीले ५–५ पटक यो उपाधि जितेका थिए । रोनाल्डो र मेसी पछि उत्कृष्ट खेलाडीको अवार्ड पाउने पहिलो खेलाडी मोड्रिक हुन् । 

 





  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ९:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया