पोखरा– पोखरा महानगरपालिका–२२ पुम्दीमा सोमबार मृत भेटिएकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकी कुसुम पौडेलले श्रेयालाई बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रेयाको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरू पनि एक–दुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले भने, ‘अनुसन्धानपछि थप कुरा बाहिर ल्याउनेछौं ।’
स्थानीयका अनुसार ममाघरमा बस्दै आएकी श्रेया सोमबार साँझ बिस्कुट किन्न भन्दै निस्किएकी थिइन् । मंगलबार बिहान उनको शव पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा फेला परेको थियो ।
मामाघरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्साछेउको झाडीमा बालिकाको शव क्षतिविक्षत अवस्थामा फेला परेको थियो । घोप्टो परेको अवस्थामा भेटिएको शवको निधारमा ढुंगाले हानेको चोट देखिएको थियो ।
बाबुले दोस्रो बिहे गरेपछि उनी आमासँग मामाघरमा बस्दै आएकी थिइन् । नजिकैको लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिकाको शव शव पोस्टमार्टमका लागि मंगलबार नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।