सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । सोमबार धनगढी आयोजित एक सार्वजनिक कार्यक्रममै उनले यस्तो प्रस्ताव गरेका हुन् । क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री शाहले सो प्रस्ताव गरेका हुन् ।...