फोटो विशेष
खोकानामा रोपाइँ गर्दै स्थानीय, प्रहरीले लिन खोज्दै छ नियन्त्रणमा
१५ असार, २०७७

खोकानाका स्थानीयहरुले आफ्नो जग्गाको मुआब्जा नपाएको विरोधमा फास्ट ट्र्याकको नक्सामा सडकमा परेको आफ्नो जग्गामा रोपाइँ गरेका छन् । स्थानीयले उक्त क्षेत्रमा रोपाइँ गर्न थालेपछि उनीहरुलाई रोक्न प्रहरी परिचालन भएको छ । 

सशस्त्र प्रहरी र प्रहरीको टोलीले स्थानीयलाई सडकमा पर्ने जग्गामा रोपाइँ गर्न नदिन प्रयास गरिरहेका छन् । तर, अवस्था थप आक्रामक बन्दै गएको छ ।

सिकाली चौरनजिकै आज विहानैबाट स्थानीय भेला भएर रोपाइँ गर्न थालेका हुन् । मुआब्जा विवादमा त्यस क्षेत्रमा बारम्बार स्थानीयले विरोध प्रदर्शन गर्दै आएका छन् ।

स्थानीयलाई रोपाइँ गर्न नदिन झन्डै ३ सयको संख्यामा प्रहरी परिचालन भएको छ ।

सबै तस्वीर: राेशन सापकाेटा/फरकधार

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्