फोटो विशेष
सवारीचालक अनुमतिपत्र पाउनुपर्ने भन्दै बहिरा संघको प्रदर्शन [फोटो फिचर]
१९ असोज, २०७५

 

काठमाडौं– राष्ट्रिय बहिरा महासंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । महासंघले बहिराले पनि सर्वसाधारणसरह सवारीचालक अनुमतिपत्र पाउनुपर्ने भन्दै प्रर्दशन गरेको हो ।

संविधानमा सबै नागरिक समान हुने भनिए पनि आफूहरूलाई राज्यले विभेद गरेको उनीहरूको गुनासो थियो । २०६९ चैतमा सर्वोच्च अदालतले यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी बहिरालाई पनि सवारीचालक अनुमतिपत्र दिन सरकारका नाममा परमादेश जारी गरेको थियो ।

बहिरारूले पनि सवारीचालक अनुमतिपत्र पाउनुपर्ने भन्दै राष्ट्रिय बहिरा माहासंघ २०६१ देखि संघर्ष गर्दैै आइरहेको छ । सर्वोच्च अदालतले बहिराले पनि सवारीचालक अनुमतिपत्र पाउनुपर्ने आदेश दिएको ६ वर्ष पुग्दा पनि सवारीचालक अनुमतिपत्र दिने व्यवस्था नगरिएको भन्दै महासंघले प्रदर्शन गरेको हो ।

फोटो बिशेष
यो पनि नछुटाउनुहोस्