अहिलेसम्म कुन पार्टीले कति ठाउँमा अग्रता लिएका छन् ?

आइतबार भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मतगणना सोमबारबाट देशका विभिन्न ठाउँमा सुरु भएको छ । 

निर्वाचन आयोगले यसपटक मतगणना प्रत्येक निर्वाचन क्षेत्रमा चार ठाउँमा गर्ने व्यवस्था मिलाएको छ। 

पछिल्लो समय प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिक पहिले गन्न थालिएको छ । त्यसपछि प्रदेश सभाको मत गन्न थालिएको छ । 

सोमबार साँझ ७ बजेसम्मको अपडेटअनुसार प्रतिनिधि सभामा अहिलेसम्म एक स्थानमा मात्र नतिजा आएको छ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचनले जित निकालेका छन् । उनले त्यहाँ एमालेका उम्मेदवारलाई हराएका हुन् ।

२९ वर्षका गौचन सम्भवतः यसपटक संसदमा देखिने सबैभन्दा कान्छो अनुहार हुनेछन् ।

पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ३४ स्थानमा अग्रता लिएको छ । 



मतगणना भइरहेका १८ स्थानमा नेकपा एमालेले अग्रता लिइरहेको छ । नेकपा एमालेका हेभिवेट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डेलगायत अहिलेको मतगणनामा पछाडि परेका छन् ।

नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले यो निर्वाचनमा अहिलेसम्म निकै राम्रो गरेका छन् । यो पार्टी यही अवस्थामा रहेमा तेस्रो हुनसक्ने सम्भावना बढेको छ । यो पार्टीका ८ जनाले अहिले अग्रता लिइरहेका छन् । तर, पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ मा तेस्रो नम्बरमा परेका छन् ।



नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभन्दा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले बढी स्थानमा अग्रता लिएको छ । राप्रपाले ६ स्थानमा अग्रता लिँदा नेकपा माओवादी केन्द्रले पाँच स्थान र नेकपा एकीकृत समाजवादी पार्टीले ५ स्थानमा अग्रता लिएका छन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १९:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया