विषालु मदिरा सेवनका कारण भारतमा ६० भन्दा बढीकाे मृत्यु

एजेन्सी– भारतकाे उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डमा विषालु रक्सी सेवन गर्दा ६० भन्दा बढीकाे मृत्यु भइसकेकाे छ । सयभन्दा धेरै जना अस्पतालमा भर्ना भएका छन् । त्यहाँकाे प्रहरीले तीमध्ये अधिकांश गम्भीर भएकाे बताएकाे छ ।

तर भारतीय सन्चारमाध्यममा याे संख्या अझ धेरै भएकाे अनुमान गरिएका छन् । 

सहारनपुर भन्ने ठाउँमा उत्तरखण्डबाट मदिरा ल्याइएकाे त्यहाँका अधिकारीले बताएका छन् । यसअघि बिहीबार र शुक्रबार पनि कुशीनगर भन्ने ठाउँमा विषालु मदिरा सेवन गरेकाले एक दर्जन व्यक्तिकाे मृत्यु भएकाे थियाे । सहारनपुरमा १० वर्षअघि पनि विषालु मदिरा पिउँदा ५० जनाकाे मृत्यु भएकाे थियाे ।

 

 





  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार २१:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया