फिफा विश्वकपमा नेदरल्याण्ड्सको विजयी सुरुवात, वेल्स हारबाट जोगियो

कतारमा जारी फिफा विश्वकपमा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । उसले समूह ‘ए’ अन्तर्गत गएराति सम्पन्न खेलमा सेनेगललाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो । 

कतारको दोहास्थित अल थुमामा स्टेडियममा नेदरल्याण्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे ।

खेलको ८४ औं मिनेटमा गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । उनले विश्वकपको डेब्यु खेलमै गोल गरेका हुन् ।

थप गरिएको समयमा क्लासेनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए । यो जितसँगै नेदरल्याण्ड्सले तीन अंक जोड्दा सेनेगलले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।

त्यस्तै, समूह ‘बी’ अन्तर्गतको खेलमा वेल्स र अमेरिकाले १–१ को बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा सुरूवाती अग्रता जोगाउन नसक्दा अमेरिका अंक बाँड्न बाध्य बन्यो ।

३६ औं मिनेटमा टिमोथी वेहको गोलमनर्फत अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । यो उनको पहिलो विश्वकप गोल हो । ८२ औं मिनेटमा बेलले पेनाल्टीमार्फत गोल गर्दै वेल्सलाई १–१ को बराबरीमा ल्याए । 



बेलको पनि विश्वकपमा यो पहिलो गोल हो । अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई नै पेनाल्टी क्षेत्रमा फउल गरेपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले सहजै गोल गरे ।

यो बराबरीसँगै दुवै टोलीले एक/एक अंक प्राप्त गरेका छन् । 



  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ७:९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया