मकवानपुर–२ मा बर्तौला र खतिवडाबीच कडा टक्कर

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

हालसम्म गणना गरिएको १६ हजार १ सय १३ मतमा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले ६ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ६ हजार ८ मत प्राप्त गरेका छन् ।

खतिवडा र बर्तौलाको ३ सय मतान्तरको फरक रहेको छ । मतगणनाको सुरुवातदेखि नै बर्तौला र खतिवडा अघि पछि भइरहेका छन् । मतगणना जारी छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १३:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया