लमजुङमा एमालेका गुरुङ एक हजार आठ सय मतले अघि

लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि भएका छन् ।

पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । 

उनका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नौ हजार सात सय ९७ मत प्राप्त गरेका छन् ।

उक्त मतगणना हुँदासम्म ६ सय ७८ मत बदर भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १८:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया