तनहुँ २ बाट शंकर भण्डारी विजयी

तनहुँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका शंकर भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित गरेका हुन् । 

तनहुँको अन्तिम मत परिणामअनुसार भण्डारीले गुरुङलाई ५ हजार ४ सय ७४ मतले पछाडि पारेका हुन् । सो क्षेत्रमा गुरुङले २५ हजार १ सय ३० मत ल्याएका थिए । भण्डारीले ३० हजार ६ सय ४ मत ल्याए ।

तनहुँ २ लाई एमालेको गढका रुपमा चिनिन्थ्यो । यो क्षेत्रमा नेकपा एमालेलाई हराउँदै नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षपछि विजयी भएका हुन् ।

शंकर भण्डारीले यसअघिको निर्वाचनमा यही क्षेत्रबाट हार व्यवहोरेका थिए ।

यो क्षेत्रमा यसअघि नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार हुनसक्ने चर्चा थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएपछि भण्डारीलाई यो क्षेत्रको टिकट दिँदै कांग्रेसले प्रदीपलाई काठमाडौं ५ मा उम्मेदवार बनाएको थियो । 



प्रदीपले काठमाडौं ५ मा नेकपा एमालेका ईश्वर पोखरेललाई पराजित गर्दै जित निकालिसकेका छन् ।



  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ५:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया