ललितपुर १ बाट कांग्रेसका उदय राणा निर्वाचित, एमालेका नवराज सिलवाल पराजित

प्रतिनिधि सभा सदस्यमा ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार नवराज सिलवाललाई हराउँदै प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरेका हुन् ।

२०७४ सालमा कांग्रेसका राणा यो क्षेत्रमा सिलवालसँग पराजित भएका थिए । यसपटकको निर्वाचनमा पनि मत गणना सुरु भएपछि लामो समयसम्म सिलवालले नै अग्रता लिएका थिए ।

तर, अन्तिम समयमा राणाले अग्रता लिँदै सिलवाललाई यो क्षेत्रबाट हराएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ५:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया