प्रतिनिधि सभामा घण्टीको तेस्रो जित, काठमाडौं ७ बाट गणेश पराजुली निर्वाचित

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो जित दर्ज गरेको छ । यो पार्टीका काठमाडौं ७ का उम्मेदवार गणेश पराजुली निर्वाचित भएसँगै प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सदस्यको जित भएको हो ।

पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएर जित निकालेका हुन् ।

यो क्षेत्रबाट दोस्रो भएका नेकपा एमालेका श्यामकृष्ण घिमिरेले ६८०० मत पाए ।

यही क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट नेपाल समाजवादी पार्टीकी मानुषी यमी उम्मेदवार थिइन् । उनले ६०६३ मत पाइन् । 

२०७४ सालमा यो क्षेत्रबाट नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका थिए । तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने भएकाले मानन्धरले यसपटक निर्वाचनमा टिकट पाएनन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ६:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया