कालीकोटमा पूर्वमुख्यमन्त्री शाही एमाले उम्मेदवारभन्दा १३२ मतले पछाडि

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेकपा एमालेका उम्मेदवारभन्दा १ सय ३२ मतले पछाडि नै छन् ।

प्रतिनिसभाका लागि कालीकोट–१ तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका शाहीले हालसम्म ३ हजार २ सय २४ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार नगिन्द्र शाही ३ हजार ३ सय ५६ मतका साथ अग्र स्थानमा छन् ।

त्यस्तै, प्रदेश सभा–१ (क) तर्फ एमालेका उम्मेदवार कुर्मराज शाही ३ हजार ३ सय ६५ मतका साथ शीर्ष स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार  दुर्गबहादुर रावतले ३ हजार १ सय ९ मत ल्याएका छन् । 

आइतबार सम्पन्न मतदानमा कालीकोटमा प्रतिनिधिसभातर्फ ४६ हजार ६ सय ६९ मत खसेको थियो ।   





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ९:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया