नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (क) र (ख) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याएका छन् ।
यो क्षेत्रमा वि.सं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी, (ख) मा पाण्डेले १८ हजार ८ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।