गुल्मी–२ मा एमालेका गोकर्ण विष्ट २०४४ मतान्तरले निर्वाचित

गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् ।

यो जितसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन् । यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेका निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

उनकी प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनले २०७०, २०७४ र अहिले गरी लगातार तीनपटक चुनाव जितेका छन् ।

विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका थिए । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए ।   





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १३:४६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया