बेलायती राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे

लन्डन – बेलायती राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्यागेका छन् । 

गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस सुरु भएको थियो । 

९७ वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् । 

बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्यागेकाे जनाएकाे छ । 

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको छ । नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गरेकाे पुष्टी गरेको छ । ‘राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले चलाएको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।’ 

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताए छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् । 

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही नभएको बताएकाे छ। कारमा सवार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ । 

राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए। 





  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार १३:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया