नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको मत किनेर चुनाव जित्न खोज्नेहरू यसपटक अत्तालिएको टिप्पणी गरेका छन्। बुधबार रौतहट-१ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताएका हुन् ।
जनतालाई लुटेर पैसा कमाउन चाहनेहरू पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले अहिलको चुनाव पैसा खर्च नगरिकनै आफूले जितेको उनले बताए। आफ्नो 'ढेउवा' सम्बन्धी अभिव्यक्तिले उनीहरू लुटको राज्य सकिन्छ कि भनेर डराएको उनले जिकिर गरे।
अध्यक्ष नेपाले आफू र आफ्ना पार्टीले देशको विकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिबद्धता पूरा गर्ने बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।