राप्रपाका ध्रुवबहादुर प्रधान कांग्रेसका देवेन्द्रराज कँडेलभन्दा दाेब्बर मतले अगाडि

पश्चिम नवलपरासीको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानको फराकिलो मतान्तरले अग्र स्थानमा छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र राज कँडेल छन् ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्यांक अनुसार राप्रपाका उमेदवार प्रधानले १५ हजार ८९० मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पूर्वमन्त्री देवेन्द्रराज कँडेलले ८ हजार ३३९ मत पाएका छन् । 

नेकपा एमालेका उम्मेदवार दीपेन्द्र अधिकारी ८ हजार ३८७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । प्रदेश सभा २ (क)मा पनि राप्रपाका उम्मेदवार आशिष प्रधानको अग्रता छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया