नेकपा एमालेका निवर्तमान सांसदसमेत रहेका भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका महेश बस्नेत पराजित भएका छन् ।
उनलाई नेपाली कांग्रेसका दुर्लभ थापाले पराजित गरेका हुन् ।
नेकपा एमालेले अत्यन्त कमजोर हुँदा पनि बस्नेतले भक्तपुरमा चुनाव जित्ने अनुमान गर्दै आएको थियो । तर, एमाले अनुमानविपरित महेश बस्नेत पराजित भएका छन् ।
यसअघि उनी यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
उद्योग मन्त्रालयको अनुभव सम्हालिसकेका बस्नेत विवादास्पद अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।