कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।
क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।