हारिन् आफूलाई ओलीकी छोरी बताउने निरुदेवी पाल

नेकपा एमालेकी सुदूरपश्चिमकी नेता निरुदेवी पाल पराजित भएकी छिन् । उनलाई कन्चनपुर ४ बाट नेपाली कांग्रेसका रमेश लेखकले पराजित गरेका हुन् ।

लेखकले पाललाई १२ हजारभन्दा धेरै मतान्तरले पराजित गरेका हुन् ।

पालले १८ हजार ४३८ मत ल्याउँदा रमेश लेखकले ३० हजार ५ सय २३ मत ल्याए ।

निरुदेवी पाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट थिइन् । ओली पहिलो पटक प्रधानमन्त्री बन्दा उनी जनसम्पर्क विज्ञ भएकी थिइन् । 

ओलीलाई एमालेमा बा भन्नेहरुको सूचीमा निरुदेवी पाल पनि पर्छिन् । यसअघिको संसदमा उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १९:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया