समानुपातिकतर्फको मतगणनामा कुन दलले कति मत पाए ?

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । 

निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार समानुपातिकतर्फ एमालेले ३ लाख १७ हजार ९२२ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख ९५ हजार ३४१ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५९ हजार ६२० मत पाएको छ भने नेकपा (माओवादी केन्द्र)को एक लाख ४३ हजार ६०० मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ८३ हजार ६६८ मतसहित पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टी ३० हजार ९०९ मतसहित छैटौँ र नेपाल मजदुर किसान पार्टी २८ हजार ५४५ मतसहित सातौँ स्थानमा छ ।

सिके राउत नेतृत्वको जनमत पार्टी २३ हजार १ मतसहित आठौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादी १८ हजार ३७५ मतसहित नवौँ स्थानमा छ । 

१०औँ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले १४ हजार ८६२ मत प्राप्त गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया