माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले १३ हजार ४६६ मतान्तरले जित निकालेका हुन् । 

यसअघि चितवनको क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका प्रचण्डले यसपटक गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए ।

प्रचण्डले २६ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् ।

त्यस क्षेत्रबाट उम्मेदवारी दिएका एमालेका अब्दुस मियाले तेस्रो हुँदै ७ हजार ३९३ मत ल्याए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ६:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया