खोटाङ प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई निर्वाचित

खोटाङ प्रदेशसभा (क) मा नेकपा (एमाले) का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई १ हजार १ सय ९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनले १३ हजार १ सय ५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ । वि.सं २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके विसंं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी भएका थिए ।

पार्टीको १ नं प्रदेश समिति सदस्य रहेका पिके जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) का राकेश राईले २ हजार ३ सय ४०, नेकपा (माले) का पदमप्रसाद आचार्यले १ हजार ५ सय २५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले १ सय ६४ मत प्राप्त गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ७:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया