तोसिमाको जितमा समर्थकले घण्टी बजाएर निकाले विजय र्‍याली [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी ३१ हजार १३६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

तेस्रो भएकी ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । उनको जितपछि समर्थकले विजयी र्याली निकालेका छन् । समर्थकले स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ बजाएर विजयोत्सव मनाएका छन्.। हेर्नुस् तस्बिरमा तोसिमाको विजयी र्याली :





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया