मकवानपुर–१ मा राप्रपाका दीपक सिंहले लिए अग्रता, पछ्याउँदै कांग्रेसकी डिना

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अग्रता लिएका छन् । अग्र स्थानमा आएका छन् । यस क्षेत्रमा झरेको ९१ हजार ४ सय ८६ मत खसेको थियो । 

७९ हजार ७ सय ५५ मतगणना हुँदा सिंहले २३ हजार ३ सय ५८ मत ल्याउँदै अग्रता लिएका हुन् । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना दोस्रो स्थानमा खस्केकी छन् ।

सुरुवातदेखि अग्रता लिए पनि उनी केही बेरअघि भने दोस्रो स्थानमा खस्केकी छन् । उनले २३ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् ।

तेस्रोमा रहेका नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचनमा होमिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् ।

अब हेटौंडाको ९, १० र १२ गरी ३ वटा वडाको ११ हजार ७ सय ३१ मतगणना गर्न बाँकी छ ।  





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया